पाठविवरण (दससम्मको जोड)

क्रियाकलापको शिर्षक : दससम्मको जोड (Adding Numbers up to 10)

क्रियाकलापको कोड : II M 5

शिक्षणको हप्ता : ३, ४ अथवा ५

पाठ्यपुस्तको सम्बन्धित पाठ :मेरो गणित, कक्षा २ । पाठ १०, पाना नम्बर ३०

सिकाइ क्षेत्र :३, जोड

सिकाइउपलब्धि :हात नलाग्ने जोडमा प्रसस्त अभ्यास । छिटो-छिटो हात नलाग्ने जोड गर्न सक्नु । 

सिकाइउपलब्धिको विस्तृतीकरण : हात नलाग्ने जोडमा प्रसस्त अभ्यास ।

क्रियाकलापको उद्देश्य :विद्यार्थीहरूलाई हात नलाग्ने साधारण जोडको धारणा दिइसकेपछि उनीहरूमा छिटो-छिटो जोड गर्न सक्ने आत्मविश्‍वासको विकास गराउनु ।

क्रियाकलाप चलाउने तरिका :स्क्रिनको माथिपट्टि जोडका समस्याहरू देखिन्छन् । विद्यार्थीहरूलाई मनमनै जोड गर्न लगाउनुहोस् र स्क्रिनको तलपट्टि देखिएका मध्ये ठीक उत्तर (जोडफल)मा क्लिक गर्न लगाउनुहोस् । यस खेललाई विद्यार्थीहरूले जतिपटक खेल्न चाहन्छन् त्यतिपटक खेल्न दिन सकिन्छ ।

स्व-मूल्याङ्कन:स्क्रिनको दायाँपट्टि प्राप्‍ताङ्‍क देखिन्छ । सही उत्तर दिएमा प्राप्‍ताङ्‍क बढ्छ तर उत्तर गलत भएमा सही उत्तर दिने मौका पाएता पनि अङ्‍क बढदैँन ।

ई-पाटी प्रयोगपूर्वको क्रियाकलाप :विद्यार्थीहरूलाई दौतरी समूहमा छुट्‍याई हरेक समूहमा कुनै भाँडोमा (कागतको बट्टा आदी ) केहि सिमीका गेडाहरू राखेर दिनुहोस् । हरेक विद्यार्थीलाई भाँडोबाट सिमीका केहि गेडाहरू छिकी टेबुलमा राख्‍न लगाउनुहोस् । उनीहरूलाई आफूले निकालेका सिमीका गेडाहरू गन्‍न लगाउनुहोस् र त्यसपछि आ-आफ्नो कापीमा जोड अङ्‍कको वाक्‍य (१ + ३ = ) बनाउन लगाउनुहोस् । दुईजनाले निकालेका गेडाहरूलाई एकैठाउँमा मिसाउन, तीनलाई गन्‍न र त्यसको जोडफल लेख्‍न भन्‍नुहोस् । उनीहरूलाई यो खेल केहि समय खेल्न दिनुहोस् ।

ई-पाटी प्रयोगपछिको क्रियाकलाप :शिक्षकले कालोपाटीमा अङ्‍कको जोडका केही समस्याहरू लेखिदिनुहोस् । विद्यार्थीहरूलाई आ-आफ्नो कापीमा जोड गर्न लगाउनुहोस् । उनीहरूलाई आ-आफूले लेखेको उत्तर एक-अर्कासँग आदान-प्रदान गर्न लगाउनुहोस् । यदि उनीहरूमध्ये कसैको उत्तर मिलेन भने फेरी गेडाहरू गनेर ठिक उत्तर पत्ता लगाउन भन्‍नुहोस् ।

ई-पुस्तकालयसित सम्बन्धित क्रियाकलाप :

सामूहिक क्रियाकलाप  :

गृहकार्य:विद्यार्थीहरूलाई घरमा यस्तै खेल कम्तीमा पनि १० पटक खेल्ने गृहकार्य दिनुहोस् ।  

समान वा सम्बन्धित अन्य क्रियाकलाप :

शिक्षणसम्बन्धि थप सल्लाह :

उपयोगी वेभसाइटहरू :